एन्जलहर्ट र जेरिभयर क्वाटरफाईनलमा

prime tuesdaye
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा एन्जल हर्ट र जेभियर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मगंलबार भएको अन्तीम लिग खेलमा एन्जलहर्टले ह्वाइट हाउसलाई ५६–२१ ले हराउदा प्रविन पुनले २३ स्कोर गरे।
त्यस्तै जेभियरले नासालाई ४७–३७ को स्कोरमा हराउदा अजूङ राईले १६ स्कोर गरेका थिए । पुरुषतर्फकै अन्य खेलमा सफलता हात पार्दै गोल्डेन गेट र सिसिआरसि क्वाटफाइनलमा प्रवेश गरेका छन् । गोल्डेन गेटले ट्रनिटीलाई ५४–४४लेहराउदा प्रगुन महर्जनले १३ स्कोर गरे । पराजय पश्चात पनि ट्रिनिटीले क्वाटरफाइनलमा स्थान शुरक्षित गरेको छ । सिसिआरसिले राइजिङ स्टारलाई ५७–३७ ले हराउदै अन्तीम आठमा स्थान बनायो । टाइम्सले लालिगुरासलाई ६४–३५ ले हराएपनि क्वाटरफाइनलमा स्थान बनाउन सकेन । पुरुषतर्फ एन्जलहर्ट र प्राइम,गोल्डेन गेट र जेभियर,लिभरपुल र ट्रिनिटी तथा मोर्गन र सिसिआरसि क्वाटरफाइनलमा भिड्नेछन् ।
महिलातर्फको लीग खेलमा नासाले एस कलेजलाई ४३–०५ ले हराउदा विपना सुवेदीले ९ स्कोर गरीन् ।अर्को खेलमा जेभियरले एनसिसिएसलाई हरायो ।

Comment