सागका लागि सुटिङ छनोट मंगलबार देखि

shooting
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।
नेपाल सुटिङ संघको आयोजनामा हुन लागेको छनोट प्रतियोगितामा ५५ खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुष÷महिलाको १० मिटर राइफल र पेस्तोलमा प्रतिस्पर्धा हुने सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । सागमा नेपालबाट समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडी सहभागी हुनेछन् ।
सुटिङले पाँचौं संस्करणदेखि सागमा नियमित सहभागिता जनाउदै आईरहेको छ । त्यस अवधिमा सुटिङले १ स्वर्ण, १ रजत र ६ कांस्य जितेको सचिव खातीले जानकारी गराए । सुटिङले सहभागिता जनाएको सुरुकै संस्करण (पाँचौं) मा अनिता श्रेष्ठले स्वर्ण जितेकी थिइन् ।
तीनदिने छनोट प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा हुनेछ ।

Comment