आयोजक प्राईम क्वाटरफाईनलमा

prime basketball mondaye
१३ औ प्राईम कप उच्चमाबि बास्केटबल प्रतियोगितामा आयोजक प्राईमको पुरुष टिम क्वाटर फाईनलमा प्रवेश गरेका छ । प्राईमले समूह सीबाट अपराजित रहदै बिजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको हो । नया वजार स्थित आयोजकको कोर्टमा सोमवार भएको आफ्नो अन्तिम लिग खेलमा प्राईमले सीसीआरसीलाई ४२–२० ले हराउदा सुरज खड्र्गीले सर्वाधिक १४ स्कोर गरेका थिए । त्यस्तै समूह बीमा रहेको गोेल्डेनगेट कलेजले अपराजित रहदै तेश्रो जित निकालेको छ ।  उसले टाईम्स कलेजलाई ५७–३१ ले हराएको थियो । पुरुषतर्फ नै मोर्गनले एन्जलहार्टलाई ५०–२९  ले हरायो । समूह एबाट अपराजित रहदै मोर्गनले पनि तेश्रो सफलता निकालेको हो । पुरुषकै अन्य खेलमा ह्वाईटहाउस, लिवरपुल र ट्रिनिटिले सफलता हात पारेका छन् । ह्वाईटहाउसले सानलाई ३२–३० ले हराउदा लिवरपुलले नासालाई ५९–२८ ले स्तब्ध परेको थियो । त्यस्तै  ट्रिनिटिले बर्नहार्टलाई ६०–२८ ले हराएको थिए । महिलातर्फ जभियर र भ्यालीपब्लिकले जित निकालेका छन् । पहिलो खेलमा जेभियरले एसीईलाई ५६–१९ को फराकिलो अन्तरले हरायो । दोश्रो खेलमा भ्यालीपब्लिकले  आयोजक प्राईमलाई ३६–१९ ले रोक्यो ।

Comment