राखेप सञ्चारमैत्री बनाउँछु ः सदस्य सचिव

keshav onlinee
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले परिषदलाई सञ्चारमैत्री बनाउने बताएका छन् ।व्यक्तिगत वेबसाइट ‘केशवविष्ट डट कम’ शुभारम्भ कार्यक्रममा आइतबार सदस्यसचिव विष्टले पत्रकारहरुको सुझावअनुसार सञ्चार संयन्त्रलाई व्यवस्थित गर्दै जाने बताए । ‘सञ्चार संयन्त्रलाई कामकाजी बनाउने प्रयास सुरु गरेको छु,’ उनले भने, ‘मिडियालाई परिषदका सबै सूचना झन्झटमुक्त उपलब्ध गराइनेछ ।’
विष्टले राखेपको वेबसाइटलाई पनि समयानुकुल परिवर्तन गर्दै जाने बताए । उनले संघका सूचनास“गै राष्ट्रियस्तरका खेललाई वेबसाइटबाटै पहु“चको व्यवस्था मिलाइने बताए ।
विष्टको व्यक्तिगत वेबसाइटको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले शुभारम्भ गरेका थिए । मानन्धरले नया“ प्रविधिले खेलाडीलाई अन्र्तराष्ट्रियस्तरसम्म चिनाउन सहज भए पनि नेपालमा त्यसको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे । मानन्धरले नेपालका खेलाडीका योगदानलाई अनलाइनमा राखेर अभिलेखिकरण हुन नसकेको बताए ।

 

Comment