सुनीलको प्रशिक्षणमा भारोत्तोलन टोली

sunil joshi1
तेश्रो अन्तर्राष्ट्रिय कतार कप भारोत्तोलन प्रतियोगितामा सहभागी हुन २ सदस्यीय नेपाली टोली शनिबार कतार प्रस्थान गरेको छ ।
डिसेम्बर ६ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा दिनेश श्रेष्ठले पुरुषको ९४ केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।प्रशिक्षकमा भारोत्तोलन मुख्य प्रशिक्षक सुनीलला जोशी रहेका छन् । प्रतियोगितामा नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त एसियाली प्राविधिक समितिको सचिवका हैसियतले सहभागी हुने बताइएको छ ।

Comment