जावलाखेल विजयी

kedar babu1
जावलाखेल व्हीलचेयर खेलकुद क्लबले मैत्रीपूर्ण व्हीलचेयर बास्केटबल प्रतियोगतामा शनिबार जित हात पारेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी नेपालद्वारा आयोजित प्रतियोगितामा जावलाखेलले व्हीलचेयर खेलकुद संघलाई १८–१० ले पराजित ग¥यो । विजयी टिमका लागि दानबहादुर थिङले ८ अंक जोडे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । सो अवसरमा कमिटीले सदस्य–सचिव विष्टलाई सम्मान गरेको थियो । कमिटीका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटीले सदस्य–सचिव विष्टलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । २४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मैत्रीपूर्ण बास्केटबल आयोजना गरिएको हो ।

Comment