आयोजक प्राईम र एन्जलहाट बिजयी

prime bbe
१३ औ प्राईम कप अन्तरगत  गत उच्चमाबि बास्केटबलतर्फ आयोजक प्राईम कलेजल मिश्रित सफलता हात पारेको छ । शुक्रवार भएको उद्घाटन खेलमा प्राईमले राईजिङ स्टारमाथी ५८–१९ को सहज जित निकाल्दा निश्चल मर्हजनले १२ स्कोर गरेका थिए । दोश्रो खेलमा प्राइम ट्रिनिटिसग ४५–४४ को झिनो अन्तिरले पराजित भयो । आयोजकको कोटमा भएको खेलमा एन्जलहार्टले सानलाई ६३–४४ हराउदा प्रविन पुनले २७ स्कोर गरेका थिए । प्राइम कलेजको आयोजनामा सञ्चालीत बास्केटबल तथा टेबल टेनिस प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पाले गरेका थिए । सो अवसरमा अखिल नेपाल टेबलटेनिससघंका अध्यक्ष चतुरानन्द बैद्य र प्राइम कलेजका प्राचार्य नरेश बहादुर श्रेष्ठको उपस्थीती रहेको थियो  । प्रतियोगितामा पुरुषतर्फ १८ तथा महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । प्राईम कप अन्तरगत अन्तर कलेज टेवल टेनिस प्रतियोगिता समावेश गरिएको छ ।

Comment