साइकिलिङका खेलाडी छनोट शनिवार

भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि नेपाल साइकिलिङ्ग संघले प्रथम चरणको खेलाडी छनोट प्रतियोगिता मंसिर १७ गते शनिवार गर्न लागेको छ । इलाइटतर्फ पुरुष र महिलाको प्रतियोगिता हुने नेपाल साइकिलिङ संघका अध्यक्ष छिमि उर्गेन गुरुङले बताए । चोभारको साइकिलिङ रेस कोर्षम आयोजना हुने प्रतियोगितामा पुरुष खेलाडीले४.३ किलोमिटरको दुरीको ७ ल्याप पुरा गर्नुपर्ने छ । त्यसैगरि महिला खेलाडीले सोहि दुरीको ५ ल्याप पुरा गर्नुपर्ने गुरुङले बताए ।

Comment