मन्त्रालय र राष्ट्रिय संघबिच अन्तरकृया

mantralaya1१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र प्रतियोगितामा सहभागि हुने २३ खेलका राष्ट्रिय संघको पदाधिकारी विच मन्त्रालयमा बिहिबार अन्तरकृया भयो ।युवा तथा खेलकुद ्मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा सागमा पदकको सम्भाब्यता, तयारी, आवश्यकता र कमिकमजोरीको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारीहरुले पदकको सम्भावना हुंदा हुंदै पनि भौतिक पूर्वाधारको अभाव, खेलसामाग्रीको अभाव, बजेट समयमा निकासा नहुनु र वेलैमा बैदेशिक प्रशिक्षण अथवा बैदेशिक प्रशिक्षक नेपालमा ल्याई प्रशिक्षण संचालन गर्न ढिलाई भएको तर्फ मन्त्रालयको ध्यानाकर्षण गर्दै पदक हासिल गर्ने सम्भावना भएता पनि यी कारणले पछि पर्नेमा जोड दिएका थिए ।
युवा तथा खेलकुद मन्त्री मण्डलले राष्ट्रिय खेलकुद परिषदले माग गरेको बजेट अर्थ मन्त्रालय संग माग गरिएको र त्यसमा अर्थ मन्त्रीबाट समेत आश्वासन प्राप्त भएको जानकारी गराए । मन्त्री मण्डलले पदक प्राप्त गर्ने तर्फ अग्रसर भएर तयारी गर्न र त्यसका लागि मन्त्रालयबाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । परिषदले १२ औं सागको लागि १३ करोड २७ लाख ३५ हजार ६ सय नब्बे रुपैया माग गर्दै युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो । सचिव लक्ष्मणप्रसाद मैनालीले सागमा सहभागिता हुने निश्चित भएकोले पदक प्राप्त गर्छौ भन्ने मानसिकताका साथ तयारीमा जुट्न राष्ट्रिय संघहरुलाई निर्देशन दिए ।

Comment