उमा कुङफु टोली भारत प्रस्थान

uma kongfu1
आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बिहीबार भारतको नयाँ दिल्लीमा प्रस्थान गरेको छ । डिसेम्बर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा श्रृष्टि श्रेष्ठ, युक्ता युवा, श्रद्धा सुब्बा, मन्जिता तामाङ, सूर्य लामा, नवीनबहादुर सारु, मदन विश्वकर्मा, विकास लामा, लक्ष्मण चौलागाईं, राम चौलागाईं, सागर तामाङ, यज्ञराज घले, चिराग पौडेल, राम नेपाली तथा रविन्द्र मगरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेंछन् ।
टोली नेतामा नेपाल उमा कुङफु संघका सचिव सिद्धार्थ लामा तथा अफिसियलमा सुकमान लामा र मोतीप्रसाद अधिकारी रहेका छन् । सिद्धार्थ भने बुधबारै दिल्ली गइसकेका छन् ।
टोलीलाई उमा कुङफु संघका अध्यक्ष उद्धव थापा मगर, महासचिव अनिमेशलाल श्रेष्ठ र सदस्य सन्जितकुमार राईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिदाइ गरे ।

Comment