किरात राइ खेलकुद संघको सम्मान

किरात राइ खेलकुद संघले शनीबार नेपाली खेलकुदका परिचित तीन ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा तेक्वान्दो मास्टर राष्ट्र राइ, तेक्वान्दोकै राजेश राइ र नेपाल चलचीत्र विकास बोर्डका अध्यक्ष राज कुमार राइ छन् । तेक्वान्दो मास्टर राष्ट्र युके kirat rai1एनआरएनका उपाध्यक्ष हुन् । साथै उनी सगरमाथा युके तेक्वान्दो डोजाङका सस्थापक तथा प्रमुख हुन् । बेलायतमा रहेका राजेश पनि तेक्वान्दो पृष्ठभुमीका हुन् । उनी हलीउड कलाकार पनि हुन् । यसैगरी थुप्रै चलचीत्र निमार्ण गरिसकेका राजकुमार चलचीत्र निमार्ता संघको अध्यक्ष पनि हुन् । उनी सितेरियो करातेका पूर्व खेलाडी हुन् । सम्मानीत ब्यक्तित्वलाई प्रमुख अतिथी किरात राइ यायोख्खाकी प्रमुख यसोदा राइ र बिशेष अतिथी सासंद महेन्द्र लिम्बू लगायतले सम्मान गरे।

Comment