रुजेशलाई रजत

rajesh shahi1
थाइल्यान्डको बैंककमा जारी सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् । रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौलसमूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । त्यसमा भारत पहिलो र चीन तेश्रो भयो ।नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो । यसअघि भारतमा भएको दोश्रो संस्करणमा श्याम श्रेष्ठले कांस्य जितेका थिए ।

 

Comment