टाईगरटप्स र टाईग्रिस अरेविया विजयी

नवलपरासीको अमलटारीस्थित गुन्द्रहीढकाहा मध्यवर्ती सामुदायिक वनको मैदानमा जारी अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगितामा टाईग्रिस अरेवियाले जित हात पारेको छ । उत्कृष्ट खेल प्रर्दशन गर्दै जित निकाल्ने क्रममा मंगलबार टाईग्रिसले थारु लज टाईगरलाई १३–६ गोलले पाखा लगाए । त्यस्तै मंगलबार नै भएको अर्को खेलमा श्रीलंकाको गाल्लोयाले खुकुरी युकेलाई ९–४ को गोल पराजित गर्यो । दर्शकको हुटिङले रोमान्चक बनेको प्रतियोगिता दोस्रो दिन इएफजि स्विजरल्याण्डले पनि जित निकाल्यो । उसले अमेरिकाको एसटी पाउल ग्रिफिन्सलाई ११–६ गोलले पाखा लगायो । मंगलबार भएको चौथो खेलमा टाईगरटप्स ट्रस्कर विजयी भयो । टाईगरटप्सले अष्टे«लियाको पक्का चक्कालाई ६–४ गोलले पराजित गर्यो । ११ गते सम्म हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । हाल लिग चरणको खेलहरु भैरहेको छ । १० र ११ गतेबाट नकआउट चरणको खेल हुने छ । प्रतियोगितामा बुधबार अमेरिकाको एसटी पाउल ग्रिफिन्स र अष्टे«लियाको पक्का चक्का, टाईग्रिस अरेविया र श्रीलंकाको गाल्लोया, इएफजि स्विजरल्याण्ड र टाईगरटप्स ट्रस्कर तथा खुकुरी युके र थारु लज टाइगरविच प्रतिस्पर्धा हुने छ ।

Comment