शारीरिक सुगठन टोली थाइल्यान्ड जाने

bodybeसातौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक जाने भएको छ । शारीरिक सुगठनको पुरुष ५५ केजीमा रुजेश शाही, ६० केजीमा रामहरि खनाल र ६५ केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषमा विमललाल श्रेष्ठ र महिलामा निर्मला खड्का सहभागी हुने छन् । विमल गत संस्करणको स्पोर्ट्स फिजिकका रजतधारी हुन् । महिलाको स्पोर्ट्स फिजिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।
टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, निर्णायकमा विजय कायश्थ र सुनील राजकर्णिकार, प्रशिक्षकमा ज्ञानेन्द्र नकर्मी तथा अफिसियलमा रेनुका श्रेष्ठ रहेका छन् । अन्तर्राष्ट्रिय निर्णायकको सर्टिफिकेसनका लागि शंकरमान उदास पनि टोलीसंगै जाने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले कालीमाटीस्थित डिभाइन फिजिकल फिट्नेस सेन्टरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment