मोहनले ओसियाना ओपन खेल्ने

mohan bam2
नोभेम्बर १४ र १५ मा अस्ट्रलियाको सिड्नीमा हुने ओसियाना ओपन जुडोमा नेपाली जुडो खेलाडी मोहन बमले पनि सहभागिता जनाउने भएका छन् । अस्ट्रलियययामै रहेका मोहनले दिएको जानकारी अनुसार उनले ६० किलो तौल समुहमा सहभागिता जनाउने छन् ।
अस्ट्रलियाको प्रतिष्ठिन जुडो प्रतियोगिता सन् २००० को ओलम्पिक पछिको सबैभन्दा प्रतिष्ठित  खेलको रुपमा अस्ट्रलियामा चर्चामा गरिन्छ । प्रतियोगितामा २५ देशका १५० खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सहभागिता जनाउने मोहन उनको गृहनगर धनगढीमा भएको छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक धारी हुन् ।  प्रतियेगितामा बिश्व बरियताको गणना हुने र सन् २०१६ मा रियो ख जेनरियोमा हुने ओलम्पिकका लागि छनोटको आधार समेत हुने जनाइएको छ ।

Comment