ब्याडमिन्टन टोली कोरिया प्रस्थान

badminton1
योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेको छ ।     नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ ।
यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश महर्जनले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा अनिल लाखे तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य नवीनविक्रम शाह छन् ।    टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, राखेप सदस्य राजेन्द्र श्रेष्ठ (राजु) र ब्याडमिन्टन संघका पदाधिकारी लगायतले बिदाइ गरे ।

Comment