मनोज र निरुको जोडी प्रिक्वाटरमा

soft tennis1मनोज सुब्बा र निरु कायस्थको जोडी न्यू दिल्लीमा आयोजित विश्व सफ्ट टेनिस च्यामिपयनसिपको प्रिक्वाटरमा प्रवेश गरेका छन् ।
बिहिबार सम्पन्न प्रतियोगितामो मिक्सड डबलल्सको खेलमा मनोज र निरुको जोडीले पहिलो खेलमा पोल्यान्डका नारारुक बोग्दान र चेकाला इवाको जोडीलाई ५–० ले र दोश्रो खेलमा जर्मनीका मिकुस मार्भिन र स्केब्लर एनेतिको जोडीलाई टाई ब्रेकरमा ७–३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे ।
आजै सम्पन्न अर्को खेलमा कृष्ण बहादुर राउत र चन्द्र माया राईको जोडी दुवै खेलमा पराजित हुन पुगे । पहिलो खेलमा जापानका खेलाडी ताकात्सुकी ताकुमा र कोवायासी नाउ संग ०–५ र अर्को खेलमा आयोजक भारतका खेलाडी सनिश मणी मिश्र र कुरेसी खालिदा संग टाई ब्रेकरमा ६–८ अंकले पराजित भएको दिल्लीबाट नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनय विक्रम शाहले जानकारी गराएका छन् ।

 

Comment