ट्रयाक एसियाकपमा नेपालका तीन खेलाडी

दोस्रो ट्रयाक एसियाकप साइकिलिङ च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगिता भारतको राजधानी नयाँदिल्लीमा नोभेम्बर १८ देखि २० सम्महुदै छ । नेपालबाट पुरुषतर्फ मनिश महर्जन र  नवाङ्गदावा शेर्पाको सहभागीता रहेको छ । महिलातर्फ केशरी थापा मगरले भाग लिएकी छन् । प्रशिक्षकमा शैलेन्द्र डंगोल रहेका नेपाल साइकिलिङ संघका अध्यक्ष छिमी गुरुङले बताए ।
सो प्रतियोगितामा १० देशका १३ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा नेपाल, भारत, काजकिस्तान, हङकङ, दक्षिणकोरिया, उज्वेककिस्तान, बंगलादेश, थाइल्यान्ड, इरान, युएइको सहभागीता रहेको छ । १ सय ५० साइकलिस्टहरुहरु बिच प्रतिस्पर्धा हुने छ ।

Comment