राजु पुतुवार प्रि क्वाटरफाइनलमा

soft tennis1 भारतको न्यू दिल्लीमा आयोजित विश्व सफ्ट टेनिस च्यामिपयनसिपमा राजु पुतुवार नगरकोटी प्रिक्वाटरमा प्रवेश गरेका छन् । नेपाल नम्बर एक खेलाडी राजुले ग्रुप ए अन्तरगतको आफ्नो पहिलो खेलमा भियतनाम कालिफुओक भिन्हलाई ४–० र दोश्रो खेलमा क्यानडाका अग्विनाल्डो वारेनलाई पनि समान ४–०ले पराजित गर्दै प्रिकवाटरमा स्थान बनाउन सफल भए । उनले प्रिक्वाटरमा फिलिपिन्सका खेलाडीको सामना गर्ने भएका छन् ।  दिल्लीको आरके खन्ना टेनिस स्टेडियममा भएको खेलमा कमलबहादुर भन्डारीले ग्रुप एलको खेलमा ब्राजिलका मिसुमी के. एलेक्सलाई ४–०ले पराजित गरे भने अर्को खेलमा जापानका युताफुनेमिजुसंग ४–० अंकले नै पराजित हुन पुगे ।
२६ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिप अन्तरगत महिलाको ग्रुप आईको खेलमा निरु कायस्थले जर्मनीकी ब्युसचेल जेनिफरलाई ४–२ अंकले पराजित गर्न सफल भईन । उनी अर्को खेलमा ईन्डोनेसियाकी खेलाडी कुसुरिनी डेडे तारी संग २–४ अंकले पराजित भईन् । महिलाकै अर्को ग्रुप जेको खेलमा एलिजा रञ्जितले दुवै खेलमा पराजय भोगिन् । उनी थाईल्यान्डकी डारेस श्रीरुङ्गरेङ्गिन र आयोजक भारतकी अर्चना बेङकटरमनसंग समान ०–४ अंकले पराजित हुनपुगेको दिल्लीबाट नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनय विक्रम शाहले जनाएका छन् ।
बुधबार सम्पन्न भएको खेलमा दुई पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता नोभेन्बर २१ सम्म संचालन हुने छ ।

Comment