राष्ट्रपति समक्ष एनओसीको ओलम्पिक खेलका लागि निमन्त्रणा

olym1
नेपाल ओलम्पिक कमिटीका अधीकारीले आइतबार राष्ट्रपती बिद्यादेवी भण्डारीसग भेट गरेका छन् ।  महाराजगंज स्थित राष्ट्रपति कार्यलयमा  नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठको नेतृत्वमा रहेको टोलीले नेपालको प्रथम महिला राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पा,एनओसी उपाध्यक्ष पुरेन्द्र लाखे र ज्योती राणाको उपस्थितिमा एनओसी अध्यक्ष श्रेष्ठले ब्राजिलको रियो द जेनेरियामा हुने ग्रिष्म कालीन ओलम्पिका लागि राष्ट्रपति समक्ष निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले भन्नु भयो “खेलकुद राष्ट्रलाई एकतामा बाध्ने मुख्य माध्यम भएकाले खेलकुदको बिकास अपरिहार्य छ, खेल क्षेत्रको बिकास र बिस्तारका लागि आफ्नो तर्फबाट सक्दा पहल कद्मी लिनेछु” । नेपाल ओलम्पिक कमिटिले दिएको निमन्त्रण पत्रको बारेमा छलफल गरेर सूचना दिईने बताएको एनओसीले जनाएको छ । ओलम्पिक खेल २०१६ अगष्टमा हुदैछ ।

Comment