पुर्व खेलाडी आरकेको नेतृत्वमा सम्मान

samman khadka 11
एसियन किक बक्सीङमा स्वर्ण पदक विजेता सन्तोष खड्कालाई पुर्व खेलाडी आरके श्रेष्ठ पहरीको नेतृत्वमा ६५ हजार नगद पुरस्कारबाट सम्मान गरीएको छ । हाल कोरियाको सिउलमा रहेका सितोरियो करातेका पुर्व खेलाडी आरकेले कोरियामा रहेका विभिन्न नेपालीहरुको सहयोगमा खड्कालाई सम्मान गरेका हुन् । आरकेसगँको कुराकानीमा उनले आफु बाध्यताले खेल क्षेत्रबाट केही टाढा रहेपनि नेपाली खेलाडी सहयोग जुटेको बताए । देशका लागि रगत पसिना बगाएका यस्ता खेलाडीलाई राज्यस्तरका साथै सबै क्षेत्रबाट सम्मान हुनु पर्दछ । हामीलाई खेलाडीहरुको पीडाको बारेमा राम्ररी थाहा छ ,त्यसैले उनिलाई हौसोलित गर्न सम्मान ग¥यौ –उनले भने ।  उनले भने बक्सीङमा खेल्ने क्रममा सन्तोषको हात फ्याक्चर भयो । तर उनको उपचारमा कुनै क्षेत्रको सहयोग नदेख्दा दुःख लाग्छ । यस्ता प्रतीभालाई राज्यले समयमा नै कदर नगर्दा देशले पछि घाटा ब्यहोर्न सक्छ उनि थप्छन् । पहरी वि.स २०५२ साल देखी ६२ सम्म खड्कासगैँ कराते खेल्ने सगीँपनि हुन् ।
खड्काको सम्मानको लागी सिउलमा रहेका आरके पहरीले १५ हजार,रविन खड्का १० हजार,सागर गुरुङ ५ हजार,उद्धव प्रसाद सेढाई ५ हजार,पिताम्बर न्यौपाने  १० हजार,रविन चाम्लीङ १० हजार,अमृत राई ५ हजार र सुयोन कसम रेस्टुरेन्ट ५ हजार सङ्कलन गरेका थिए । उनिहरुले नेपाली खेलाडीको योगदानलाई कदर कर्दै समान गरेका बताए । खड्काले भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा उत्कृष्ट प्रदर्शन गर्दै ८१ तौल समुह अन्तर्गत किक लाइट विधातर्फ भारतका चार पटकका राष्ट्रिय च्याम्पियन अतुल घुलेलाई पराजित गर्दै स्वर्ण जितेका थिए । साथै  सोही तौल अन्तर्गत फुलकन्ट्याक्ट बिधातर्फ रजत पदक समेत हात पारे ।

Comment