ह्याण्डवल संघका महासचिव रुस प्रस्थान

sandesh

नेपाल ह्याण्डवल संघका महासचिव सन्देश कुमार रेग्मी अन्तराष्ट्रिय ह्याण्डवल महासंघको महासभामा सहभागी हुन विहिवार रसियाको सोची प्रस्थान गर्नु भएको छ । महासचिव रेग्मीले अन्तराष्ट्रिय ह्याण्डवल महासंघ संगै आयोजनाहुने एशियाली ह्याण्डवल महासंघको साधारणसभामा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
रसियाको सोचीमा आयोजनाहुने अन्तराष्ट्रिय ह्याण्डवल महासंघको महासभा नोभेम्वर ६ देखि ९ तारिक सम्म हुनेछ । सो महासभामा सहभागी हुन नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग दुइ साता अघि नै प्रस्थान गरिसक्नु भएको छ । अध्यक्ष गुरुङ्ग केही सामाजिक कार्यक्रम तथा भेटघाटमा वेलायत रहनु भएको र उहाँ वेलायत हुँदै यस सोची जाने कार्यक्रम रहेको छ । अध्यक्ष गुरुङ्ग र महासचिव रेग्मी नोभेम्वर १० मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Comment