रग्वी टोलीको उपराष्ट्रपतिलाई उपहार

giiनेपाली राष्ट्रिय रग्वी टोली र प्राविधिकले नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई बिहिबार शुभकामना तथा बधाई दिएका छन् ।  कपनस्थीत उपराष्ट्रपति निवासमा रग्वीका राष्ट्रिय टोलीका प्रशिक्षक गोविन्द घिमिरेको नेतृत्वमा ३० सदस्यीय टोलीले पुनलाई खादा लगाइ दिनुका साथै उपहार, दोसल्ला प्रदान गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे ।
टोलीमा राष्ट्रिय टोलीका प्रशिक्षक हरिबहादुर तामाङ तथा पुरुष÷महिला राष्ट्रिय टोलीका कप्तानद्वय क्रमशः नविन गिरी र एलिसा लामालगायत थिए ।
उपराष्ट्रपति पुनले रग्वी खेलको बारेमा जिज्ञासा राख्दै अन्तराष्ट्रिय स्तरमा नेपालको नाम उचो राख्न शुभकामना दिए । पुनले नेपाली खेलकुदको बारेमा आफूले सधै चासो दिने गरेको र अगामी दिनमा पनि खेलक्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनु प्रतिबद्धता व्यक्त गरे ।
टिमको नेतृत्व गरेका प्रशिक्षक घिमिरेले राज्यले खेल क्षेत्रलाई प्राथामिकता दिनु पर्नेमा जोड दिए ।

Comment