विवादलाई न्युनिकरणका लागि प्रत्यन हुने

mandal1
नवनियुक्त युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रमा रहेका विवादलाई न्युनिकरण गर्दै हल गर्न प्रयत्न गर्ने बताएका छन् ।     बिहीबार युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री मण्डलले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहणपछि सो कुरा बताएका हुन् ।
उनले युवा र खेलकुदको चौतर्फी विकासमा ध्यान दिने बताउदै नयाँ संविधानको भावना अनुसार मन्त्रालयलाई अगाडि बढाउने बताए ।     नेकपा (एमाले) का स्थायी समिति सदस्य सप्तरी निवासी मण्डल २५ असोजमा   विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए ।
खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नवनियुक्त मन्त्रीको कुशल नेतृत्वमा युवा, खेलकुद र स्काउटसंग सम्बन्धी कुरा अगाडि बढाउने बताए ।

Comment