महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि सुरु

apfसशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पहिलो पल्ट ‘सशस्त्र प्रहरी महानिरीक्षक प्रथम रनिङ्ग ट्रफि–२०७१’ संचालन भएको छ । प्रतियोगिताको सोमबार सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले उद्घाटन गरे ।         कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले प्रतियोगिताबारे जानकारी गराए ।     पाच दिने  प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, कराँते र तेक्वान्दोका खेलहरु समावेश छन् ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयसहित, महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी टिम गरी कूल सात टिमको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा एथलेटिक्सतर्फ महिला ८ सय मिटर दौडमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सानुका थापा प्रथम, तारादेवी नेपाली द्वितिय र महानगरीय सशस्त्र प्रहरी कार्यालयका रञ्जना राई तृतिय भएका छन् ।     यसैगरी पुरुष ८ सय मिटरतर्फ बैद्यनाथ बाहिनीका डम्मरसिंह साउद प्रथम, मुक्तिनाथ बाहिनी पोखराका किरणसिंह बोगटी द्वितिय तथा सशस्त्र प्रहरी बल प्रधान कार्यालयका राजिन श्रेष्ठ तृतिय स्थान हासिल गरेका छन् ।

Comment