आईटीएफ र बास्केटबल खेलाडी छनोट

itf selection1
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत हुने क्षेत्रीय छनोट प्रतियोगिताका लागि ललितपुर जिल्लाबाट तेक्वान्दो (आईटीएफ) र बास्केटबल खेलाडी छनोट भएका छन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनका अनुसार आईटीएफको महिला ४५–५० केजीमा सुष्मा भोम्जन छनोट भइन् । पुरुषको ४५–५० केजीमा दीपक श्रेष्ठ, ५०–५५ केजीमा प्रकाश लामा, ५५–६० केजीमा पुकार केसी, ६०–६५ केजीमा सागर श्रेष्ठ, ६५–७० केजीमा निरोज राना मगर तथा ७५–८० केजीमा राजन डंगोल छानिए ।
बास्केटबलमा सञ्जय व्यञ्जन्कार, सिजर अवाले, विधाङ्ग राई, रुपन महर्जन, प्रोग्रेस महर्जन, आयुष सिंह, मिनोस शाक्य, सुब्रत राजोपाध्याय र परेश श्रेष्ठ छानिएको अध्यक्ष महर्जनले जानकारी गराए ।

Comment