काठमाण्डौबाट ब्याडमिन्टन खेलाडी छानिए

पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हुने क्षेत्रिय प्रतियोगिताको लागि काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले ब्याडमिन्टन खेलाडीहरुको छनोट सम्पन्न गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवकुमार न्यौपानेको उपस्थितीमा शुक्रबार भएको छनोट प्रतियोगिताबाटपुरुषतर्फबाट प्रथम देखि छैटौं स्थानमा रहदै तिर्थ मल्ल, नारायण गौतम, जीवन सुनुवार, अरुण गदाल, अभिनाश राजभण्डारी र सुजन चौलागाई छनोट हुन सफल भएका छन् ।
नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठ, सदस्य नविन विक्रम शाह, काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाको रोहवरमा भएको प्रतियोगिताबाट महिलातर्फ प्रथम देखि चौथो स्थानमा रिनापुन, ज्योती लिम्बु, फिजी वानिया र विनिता प्रजापती छनोट भएका छन् ।
काठमाण्डौ जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा २१ पुरुष र ४ महिलाले सहभागिता जनाएका थिए । काठमाण्डौ जिल्लाबाट क्षेत्रिय प्रतियोगिताको लागि ६ पुरुष र ४ महिलाको कोटा निर्धारण गरिएको छ ।

Comment