ताइवानद्वारा सहयोगको प्रतिबद्धता

jeevanram photo1

ताइवान ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई नेपाली खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।     अमेरिकाको वासिङटनडिसीमा अक्टोबर २९ देखि ३० तारिखसम्म भएको एसोसिएसन अफ नेसनल ओलम्पिक कमिटी (एनोक) को २० औं साधारणसभाका दौरान ताइवानले विभिन्न खेलकालागि छात्रवृत्ति, खेल सामाग्री र तालिममा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष समेत रहेका एनओसीका महासचिव लामा टेन्डी शेर्पाले जनाएका छन् । लामा सहित एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ साधारण सभामा सहभागी थिए । त्यसकालागि ताइवानले दुई देशबीच सम्झौतागर्न निमन्त्रणा समेत दिएको शेर्पाले जानकारी गराए ।
साधारणसभाका दौरान एनओसी अध्यक्ष श्रेष्ठले विभिन्न राष्ट्रका ओलम्पिक अध्यक्षसंग नेपाली खेलकुदलाई सहयोग गर्ने सम्बन्धमा कुराकानी समेत गरेका थिए ।

Comment