च्यानबारा टोलीटोकियो जाँदै

chyanbara1
विश्व स्पोर्ट्स च्यानबारा च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडी सहित ११ सदस्यीय नेपाली टोली शुक्रबार जापानको टोकियो प्रस्थान गर्दैछ । च्याम्पियनसिपको ४१ औं संस्करण अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुनेछ ।
खेलाडीहरुमा कृषला घिसिङ, करण नेपाल, विपना अधिकारी, चित्रबहादुर गुरुङ, प्रतीप लामा, एलिजा तामाङ उत्तम लामा र सुजनी लामा रहेकाछन् । टिम प्रशिक्षकमा वीरबहादुर तामाङ, व्यवस्थापकमा भोइमा लामा तथा अफिसियलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखा अधिकृत ऋखिराम पोखरेल छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै सांसद् यज्ञराज सुनुवार, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र स्पोर्ट्स च्यानबारा एसोसिएसन नेपालका अध्यक्ष एवं राखेपका पूर्व सदस्यदेवकुमार लामाले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment