स्विडिस आइस हक्की संघले सहयोग गर्ने

swish ice hockey1
नेपालको आइस हक्की खेलको विकास र विस्तार गर्नका लागि स्विडिस आइस हक्की संघले प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीसँग भएको भेटमा स्विडिस आइस हक्की संघका महासचिव टोमी बोउस्टेड्टले सगरमाथाको देश नेपालमा आइस हक्की खेलस्थापित गर्नका लागि प्रशिक्षक तथा प्राविधिक जनशक्ति उत्पादनका लागि सहयोग गर्ने बचन दिएको शाहीले बताएका छन् ।
नेपाल आइस हक्की संघका अध्यक्ष शाहीले गत २५ अक्टोबरमा स्विडेन भ्रमणका क्रममा महासचिव टोमीसँग भेट गरेका थिए । टोमी इन्टरनेशनल आयस हक्की फेडेरेसन कमिटीका डेभलप्मेन्ट तथा कोचिङ कमिटिका सह अध्यक्ष समेत हुन् ।
‘स्विडिस संघले नेपालमा शुरुमा प्रशिक्षक, रेफ्रीलगायत प्राविधिक विकास गर्नका लागि आधारभुत सिप प्रधान गरि सहयोग गर्ने बताएको छ । त्यसका लागि एक टोली नेपालमा आउने विषयमा छलफल भएको छ,’ शाहीले भने, ‘त्यसपछि खेलाडी तयार गर्ने र आइस रिंकको निमार्णका लागि आधारभूत अध्ययन गर्ने कार्यक्रमका विषयमा छलफल भयो ।’
त्यसैगरि नेपाल आइस हक्की संघका अध्यक्षले सो भ्रमणका क्रममा स्विडिस आइस हक्की संघको प्राविधिक जनशक्तिसँग बैठक गरि आवश्यक परामर्श गरेको समेत बताए । स्पोट्स डाइरेक्टर मिकाइल लाउड्स्ट्राम, प्रशासनिक प्रमुख पेटेर लाङदलेइलगायतसँग शाहीले छलफल गरेका थिए । शाहीले स्विडेनमा आइस हक्की रिंकको समेत अवलोकन भ्रमण गरि त्यहाँका क्लबस्तरीय प्रतियोगितासमेत अवलोकन गरेका थिए ।

Comment