शशिल र कृष्णको जोडीलाई उपाधि

ser b final1

शुसिल पौडेल र कृष्ण कटुवालको जोडीले शेर बहादुर खड्का स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुष डबलको उपाधि जितेका छन् । पुरुष डबलको फाईनल खेलमा शुशिल र कृष्णको जोडीले राजु केसी र सुवास थापाको जोडीलाई  २२–२० र २१–११ ले स्तब्ध पारेको थियो । बालकोट स्थित माउन्ट भ्यू स्कुल कोर्टमा भएको पुरुष एकलको फाईनल खेलमा शुनिल शाक्यले बाजि मारे । उनले घिनेन्द्र लिम्बुमाथी २१–१७ र २१–१३ को सहज जित निकालेका थिए । बिजया दशमीको अवसरमा संचालन भएको प्रतियोगिता महा अष्ठमीका दिन सम्पन्न भएको थियो । बिजयी खेलाडीलाई नेपाल सरकार स्वथ्य मन्त्रालयका सचिव सान्तवहादुर श्रेष्ठ,एयर एसियाका डाईरेक्टर किरण खड्का,प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का लगायतले पुरस्कृत गरेका थिए । प्रतिष्ठानले बिजयी दशमीको अवसरमा गत बर्ष बालकोटका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो ।  यसै बर्ष राष्ट्रिय महिला भलिबल खेलाडी न्यु डायमण्ड स्कुलकी छात्रा कृपा अधिकारीले प्रबेशीका परिक्षा (एसएलसी) मा ८९.२५ प्रतिशत अंक हासिल गरेकोमा नगद सहित सम्मान गरेको थियो ।

Comment