अमेरिकामा ठकुरीको सफलता

balrimore1अमेरिकाको बाल्टीमोरमा  भएको ३३ औ एनुएल ब्याटल अफ बाल्टीमोरमा ४० देखि ४९ समुहको दुइ मिनेट प्वाइन्ट स्पायरिंग फाइटमा नेपालका उज्वल ठकुरीले दोस्रो स्थान पाएका छन् । उनले अहिलेसम्म खेलेका आठ खेलमा पाचमा पहिलो र दुइम दोस्रो तथा एकमा तेस्रो स्थान पाएका छन् । सीतेरियोका पूर्व खेलाडी ठकुरीले चार महिानमा आठ खेल खेलेका छन् । उनले दुइ महिनामा अर्को दुइ नाम निकाल्दै ६ महिनामा १० खेल खेल्ने योजना बुनेका छन् ।
यस अघि उनले क्यापीटल क्लास चाइनामा प्वाइन्ट फस्ट र कन्टीन्यु स्पाइगिमा सफलता पाएका थिए । उनले यस विचमा ह्यारिसबर्ग,जर्सी, पेल्सीलभानीया र वार्डफमा सफलता पाइसकेका छन्  ।

Comment