टेबलटेनिस र कुस्तीछनोट पूरा

सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीयछनोट प्रतियोगिताकालागि काठमाडौंबाट टेबलटेनिस र कुस्तीका खेलाडी बुधबार छनोट भएकाछन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित छनोट प्रतियोगिता अन्तर्गत टेबलटेनिसबाट समान ५–५ पुरुष÷महिला खेलाडीतथा कुस्तीबाट ४ पुरुष खेलाडी छानिएका छन् ।
टेबलटेनिसको पुरुषमा अभयराज श्रेष्ठ, श्यान्टू श्रेष्ठ, अजेश महर्जन, उमेश मानन्धर र पारसमान सिंह छनोट भए । महिलातर्फ छनोट हुनेमा सोयन्शा तुलाधर, दुर्गा राजभण्डारी, हीरा नकर्मी, कञ्चन तिमिल्सिना र अनुष्का सिम्खडा रहेका छन् ।
पुरुषको ७४ केजीमा सनिन् वज्राचार्य, ६५ केजीमा विशाल बस्नेत, ६१ केजीमा देवनिधी लामिछाने र ५० केजीमा साकार केसी कुस्तीतर्फ छनोट भए ।

Comment