गोविन्दको नेत्ृत्वमा रग्वी प्रशिक्षक दुवई प्रस्थान

rugby1e
संयूक्त अरव इमिरेट्स (यूएई) मा हुने लेभल टू रग्वी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागि हुन जाने तीन प्रशिक्षकलाई बूधबार एक कार्यक्रमकाबिच बिदाई गरीएको छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा लेभल–२ गर्न जाने प्रशिक्षकलाई सघंका सचिव दिपक देवकोटाले बिदाई गर्नू भयो । प्रशिक्षक गोविन्द घिमिरेको नेतृत्वमा तीन सदस्य प्रशिक्षक टोली बुधबार दुबई प्रस्थान गरेका हुन् । अन्य दुई प्रशिक्षकमा टङ्कराज गीरी र हरि बहादुरु तामाङ छन् । एसियन रग्वी फेडेरेसनको आयोजना  र दूवई रग्वी सघंको ब्यवस्थापनमा हुन लागेको कोर्ष आगामी अक्टोबर १६,१७ र १८ मा  हुनेछ ।
तीन दिन सम्म चल्ने कोर्षका लागि नेपाल रग्वी सघं र प्रशिक्षकको खर्चमा टोली दुबई प्रस्थान गरेको सघंका अध्यक्ष टङ्क लाल घिसिङले जानकारी दिनू भयो । साथै घिसिङले प्रशिक्षकले दुबईमा सिकेका ज्ञानले नेपालमा उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग पुग्जे विश्वास ब्यक्त गरे ।

 

Comment