खेलप्रेमी रोकाह कोशाध्यक्षका उम्मेदवार

chandra rokha
थुप्रै खेलकर्मीको उपस्थिती रहेको एनआरएनको केन्द्रिय अधीबेसनमा खेल प्रेमी चन्द्र बहादुर रोकाह कोशाध्यक्षको प्रत्यासी भएका छन् । विगतमा क्रिकेट खेलको विकासलागी सहयोग गर्ने गरेको रोकाहको बालाजु कराते एकेडेमीले हालको उचाइ पाउनुमा महत्वपूर्ण भुमिका रहेको समेत एकडेमीका प्रमुख ध्रुब विक्रम मल्ल बताउछन् । मध्यपूर्वका संयोजक भइसेका रोकाहले नेपाललाई आइटीमय बनाउने योजना बुनेका छन् ।
रोकाहले विगतमा खेल क्षेत्रमा गरेको योगदान र लगानीकै कारण उनी एनआरएनको कोशाध्यक्ष भए यसले खेल क्षेत्रमा पनि ठूलो सहयोग पुग्ने बिश्वास मल्लको छ । एनआरएन अधीबसेनका मकाउका अध्यक्ष मुकेस बरुवाल सहित कोरियाका अध्यक्ष राजु क्षेत्री र अन्य थुप्रै खेलकर्मीको उपश्थिती रहेको छ । खेलकर्मीको यो बाक्लो उपस्थिती रोकाहका लागि सहयोगी हुने अनुमान गरिएको छ ।

Comment