एनआरएनको सम्मान

गैर आवसीय नेपाली संघ (एनआरएनए) को खेलकुद विभागले पाँच खेलाडीलाई नगद सहितमंगलबार सम्मान गरेको छ । नेपाली खेलकुमा पु¥याएको योगदानको कदर गर्दै एनआरएनएको सातौं अधिवेशन तथा विश्व सम्मेलनको अवसरमा खेलाडीलाई सम्मान गरिएको हो ।
म्याराथनका हरिबहादुर रोकाया र जीतबहादुर केसी, अल्ट्रा धावीका मिरा राई तथा कुस्तीका सत्येन्द्र प्र्रसाद यादव सम्मानित भए । सोही अवसरमा भलिबलका तत्कालिन मुख्य प्रशिक्षक स्वर्गिय केशवलाल श्रेष्ठलाईपनि मरणोपरन्त सम्मान गरियो । सबैलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रशिक्षक केशवको वैशाख १२ को विनाशकारी भूकम्पमा परि निधन भएको थियो ।
१९९७ देखि लगातार तीनपटक एभरेस्ट म्याराथन उपाधि जितिसकेका रोकाया हाल जुम्लामाहाई अल्टिच्युटका खेलाडी उत्पादनमा सक्रिय छन् भने जीतबहादुर केसी नेपालर्का  पहिलो अन्तराष्ट्रिय पदक दिलाउने खेलाडी हुन । मिरा पछिल्लो समय अन्तराष्ट्रिय अल्ट्रा दौडमा चर्चित छिन् ।
सम्मान कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष ओलम्पियन दिपक बिष्टले नेपाली खेलाडीलाई बैदैशिक प्रशिक्षणमा सघाउन एनआएनए समक्ष आग्रह गरेका थिए । एनआरएनए खेलकुद विभागका संयोजक नारायण गुरुङले आउदा बर्षमा सम्मानको राशी बृद्धिगर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

 

Comment