काठमाडौंछनोट बुधबारदेखि

सातौं राष्ट्रिय खेलकुदकालागि काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाछनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ । छनोटमा विभिन्न २१ खेलका करिब ६ सय खेलाडीको सहभागिता रहने समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् ।
छनोट असोज २४ गतेदेखि हुने भएनिएकोमा प्राविधिक कारणले २७ गतेलाई सारिएको समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिए । छनोटकात्तिक २ गतेसम्म चल्नेछ । जिल्ला छनोटमा पहिलो हुने क्षेत्रीयकालागि छानिने छन् ।

Comment