ह्याण्डवल संघका अध्यक्ष गुरुङ्ग वेलायत र रसिया प्रस्थान

Tej gurung1
नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग अन्तराष्ट्रिय ह्याण्डवल महासंध (आइ.एच.एफ) को विशेष साधारणसभामा सहभागी हुन आइतवार त्यस तर्फ प्रस्थान गरेका छन् । उक्त वैठक रसियाको सोचीमा कात्र्तिक २१ देखि २३ गते सम्म आयोजना हुँदैछ । सो अवसरमा अध्यक्ष गुरुङ्ग एशियाली ह्याण्डवल महासंघको विशेष साधारणसभामा समेत सहभागी हुने छन् । उनले नेपालको ह्याण्डवल खेल विकासकालागि साधारणसभामा आफ्ना धारणा प्रस्तुत गर्ने छन् ।
त्यस अघि रोटरी क्लव अफ पोखरा फिस्टेलका अध्यक्ष समेत रहेका गुरुङ्गले वेलायतको समेत भ्रमण गर्ने छन् ।

Comment