खेलाडीकालागि ल्याब सञ्चालन

lab keshav1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रले मुख्यतः खेलाडीलाई लक्षित गरी ल्याब सञ्चालनमा ल्याएको छ । ल्याबमारुटिन टेस्ट, हेमोटोलोजिकल टेस्ट, सेरोलोजिकल टेस्ट लगायतको सुविधा रहेको ल्याब टेक्नोलोजिस्ट कृष्णकुमार सिंहले जनाएका छन् ।
राखेप सदस्य–सचिव केशवकुमार विष्ट र युवातथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले आइतबार ल्याबको शुभारम्भ गरे । आइतबारै खेलाडी, प्रशिक्षक लगायत गरी ५० जनाको निःशुल्क रगत परीक्षण गरिएको केन्द्रका प्रमुख सनत बम मल्लले जानकारी गराए ।

Comment