राखेपद्वारा खेलाडी पुरस्कृत

kheladi puraskar1
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७१÷०७२ माविभिन्न खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप आइतबार पुरस्कार प्रदान गरेको छ । १ सय ६९पदकविजेतालाई १२ लाख ३७ हजार ८ सय रुपैयाँ प्रदान गरियो ।
६२ स्वर्ण विजेतालाई १० हजारका दरले कूल ६ लाख २० हजार १ सय, ३० रजतधारीलाई ७ हजार ५ सयका दरले कूल२ लाख २५ हजार तथा ७७ कांस्य जित्नेलाई ५ हजार १ सयका दरले कूल ३ लाख ९२ हजार ७ सय रुपैया पुरस्कार प्रदान गरियो ।
राखेप र नेपाल सरकारले दिने भनिएको खेल प्रतियोगताको पुरस्कार रकम बाहेकका खेलकुद प्रतियोगिताका पदकविजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो ।
त्रिपुरेश्वरस्थितराखेपको ओलम्पियन सेमीकभर्डहलमा आयोजित एक कार्यक्रमबीच राखेप सदस्य–सचिव केशवकुमार विष्टले खेलाडीलाई पुरस्कृत गरे । कार्यक्रममा सदस्य–सचिवविष्टले सानै भएपनि यस्ता प्रोत्साहनले खेलाडीको मनोबल उच्चबनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Comment