नेपाल रग्वी टोली र ब्रीटीस एम्बेसीविचको रग्वी खेल सम्पन्न

rugby1
इंल्याण्डमा भएको विश्व रग्वी वल्र्ड कपको नेपालमाउत्सवमनाउने पुर्व निर्धारित कार्यक्रम अनुसार नेपाल रग्वी  र ब्रीटीस राजदुतवास विचको मैत्रिपुर्ण खेल शनिबार सम्पन्न भएको छ । लैन चौरस्थीत ब्रीटीस एमबेसीमा भएको  मैत्रिपुर्ण खेलको उद्धघाटन नेपालका लागि ब्रीटिस एमबेसडर जोन रेङ्कीन ,नेपाल रग्वी संघका अध्यक्ष टकं लाल घिसिङ्ग र ब्रीटिस गोर्खाका डिफेन्स अटाची कोलनल आएन लोगन लगायतले गरे । कार्यक्रममा रग्वी सघंका महासचिव चेतनराज गीरी रग्वी खेलको नियमबारेमा जानकारी गराए । शनिबार भएको लिग खेलमा नेपाल रग्वी सघंलाई ब्रीटिस एमबेसिले २¬ं.–०,नेपाल महिला टोलीले ब्रीटिस महिला टोलीलाई ४–०,नेपाली पुरुष रग्वी टोलीले ब्रीटिस एमबेसी टोलीलाई ४–१ र ब्रीटिस एमबेसी मिक्स टोलीले नेपाली रग्वी मिक्स टोलीलाई १–० ले पराजित ग¥यो ।
अर्को खेलमा ब्रीटीस गोर्खाले नेपाल रग्वीलाई १–०,नेपाली महिला रग्वी टोलीले ब्रीटिस रग्वी टोलीलाई ३–० ट्राइले पराजित गर्दा नेपाल रग्वी पुरुष र ब्रीटिस गोर्खाविचको खेल १–१ को बराबरीमा रोकिएको थियो ।
राउन्ड रविन लिगको आधारमा भएको खेलमा सेमिफाइनलमा नेपाल पुरुष रग्वीले रग्वी सघंलाई ३–० पराजित गर्दा ब्रीटिस गोर्खाले ब्रीटिस एमबेसीबाट बाइपाउदै फाइनलमा प्रवेश गरेका थिए । फाइनल खेलमा भने नेपाल रग्वी पुरुष टिमले ब्रीटीस गोर्खा आर्मीलाई १–० ले पराजित ग¥यो ।
उद्घाटनको अवसरमा एम्बेसडर जोनले इंग्ल्याण्डमा रग्वी वल्र्ड कप भइरेहको अवसरमा नेपालमा पनि रग्वी विकासका लागि नेपालको रग्वी सघंसगँ सहकार्य भएको बताए । नेपाल रग्वी सघंका अध्यक्ष टकंलाल घिसिङ्गले नेपालमा रग्वी खेल विकासका लागि एम्बेसीको सहयोगको आवश्यकता रहेको धारणा राखे ।
यसअघि पनि रग्वी सघंले रग्वी वल्र्ड कप नेपालमा मनाउनका लागि बृहत रग्वी ¥याली,वल्र्डकप सो र बाइक ¥यालीको आयोजना गरेको थियो ।

Comment