सुटिङमा श्रेष्ठ नै अध्यक्ष

shooting puspa1
नेपाल सुटिङ संघको दोश्रो साधारणसभाले अध्यक्षमापुनः पुष्पदास श्रेष्ठलाई निरन्तरता दिदै १२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारणसभाले मथुराम श्रेष्ठलाई प्रथम उपाध्यक्ष, ध्रुव रायमाझीलाई द्वितीय अध्यक्ष, त्रिलोचनकृष्ण श्रेष्ठलाई महासचिव, प्रदीप खातीलाई सचिव तथा सतीश श्रेष्ठलाई कोषाध्यक्षको जिम्मेवारी सुम्पियो ।
उमेशकुमार थापा, अन्जु दवाडी, ध्रुवविक्रम शाह, लोकजंग शाह, शैलेन्द्रकुमार श्रेष्ठ र प्रतिमा शाह सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत टेकप्रसाद कट्टेलले पद तथा गोपनीयताको शपथ गराएका थिए । त्यसअघि साधारणसभाको राखेप सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । साधारणसभामा विभिन्न २५ जिल्लाबाट २६, ओलम्पियन ३ र केन्द्रबाट १४ गरी ४३ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिले जनाएको छ ।

Comment