महेश्वरले उचाले प्रथम राष्ट्रब्यापी शारीरिक सुगठनको ट्रफी

nation wid ebody building1
प्रथम राष्ट्रब्यापी शारीरिक सुगठनको उपाधी सेप्स फिटनेशका महेश्वर महर्जनले प्राप्त गरेका छन् । हिमालयन किङ्गडम नेप्लिज फेडेरेशन अफ बडीबिल्डिङ्ग एण्ड फिटनेशद्वारा आयोजित प्रतियोगितामा ७५ केजीतौल समूहका मिस्टर धर्मश्री महेश्वरले आफ्ना सवै प्रतिद्वन्दिलाई पछि पार्दै उपाधी जित्न सफल भए ।
उनले ७५ हजार रुपैया पाए । दोश्रो स्थानमा ७० केजीतौल समूहका ब्यायाम मन्दिरका रामहरी खनाल, तेश्रो स्थानमा ६५ केजीतौलका ब्यायाम मन्दिरकै रामबहादुर दाहाल, चौथो स्थानमा ८० केजीतौल समूहका मोसल वल्र्ड एण्ड फिटनेशका अनिल कुमार थापा, पाँचौ स्थानमा ६० केजी तौलका ब्यायाम मन्दिरका संजीव श्रेष्ठ र छैटौं स्थानमा ५५ केजी तौलका ब्यायाम मन्दिरकै रवि महर्जन रहे । उनीहरुले क्रमश ५०, ४०, ३०, २० र १० हजार रुपैया पाए । पहिलो देखि छैटौं सम्म भएका खेलाडीहरु आ आफ्नो तौल समूहमा प्रथम स्थान प्राप्त गर्दै उपाधीको लागि अन्तिम चरणमा प्रवेश गरेका थिए ।
अन्तराष्ट्रिय शारीरिक सुगठन महासंघ, एशियाली शारीरिक सुगठन तथा फिटनेश महासंघ र नेपाल ओलम्पिक कमिटिबाट सम्वन्धन प्राप्त हिमालयन किङ्गडम नेप्लिज शारीरिक सुगठन तथा फिटनेश महासंघको आयोजनामा भएको प्रतियोगिताको तौल समूहको प्रतिस्पर्धामा ५५ केजीमा ब्यायाम मन्दिर ज्याठाका उमेश बलामी दोश्रो र गुडलाईक फिटनेशका छत्रबहादुर श्रेष्ठ तेश्रो भएका थिए । ६० केजीमाश्री फ्लेकस एण्ड फिटनेशका रमेश कार्की दोश्रो र द परफेक्ट जिमका ध्रुवराजअधिकारी तेश्रो भएका थिए । ६५ केजीमा कम्प्लिट हेल्थ क्लबका अनिल लालश्रेष्ठ दोश्रो र नेपाली सेनाका दीपक ठकुरी तेश्रो, ७० केजीमा सेप्सका उज्वल रत्न बज्राचार्य दोश्रो र फिटनेश स्टुडियोका विमल श्रेष्ठ तेश्रो भए ।  ७५ केजीमा मसल्स वल्र्डका नविनकुमार गुरुङ्ग दोश्रो र सेप्सका प्रवेश श्रेष्ठ तेश्रो तथा ८० केजीमा तुल बहादुर श्रेष्ठ दोश्रो र मसल्स वल्र्डका तिलक बहादुर तामाङ्ग तेश्रो भएका थिए ।
विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन रामश्रेष्ठ, सांसद रामविर मानन्धर, नेपाल प्रहरीका पूर्व महानिरिक्षक कुवेरसिंह राना, मुख्य प्रायोजक मेजो ग्रुपका प्रतिनिधी लगायतले पुरस्कार वितरण गरेका थिए ।
उक्त अवसरमा बोल्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक मुभमेन्ट भित्र रहेका र ओलम्पिक मान्यता प्राप्त गरेका संघले मात्र अन्तराष्ट्रिय ओलम्पिक कमिटि र एशियाली ओलम्पिक कमिटिद्वारा आयोजनागर्ने प्रतियोगितामा सहभागिता जनाउन पाउने भन्दै संघलाई ओलम्पिक मुभमेन्टमा अघि बढ्न शुभकामना ब्यक्त गरे ।

Comment