राष्ट्रिय शारीरिक सुगठन शुक्रबारदेखि

राष्ट्रिय खेलकुद परिष्खाद्को आयोजनामा सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।     सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा विभिन्न ७ तौलसमूहमा ८२ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिवदिनेश राजभण्डारीले जनाएका छन् । ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
पहिलो दिन प्रिजजिङ राउन्ड हुनेछ । प्रिजजिङको प्रत्येक तौल समूहबाट ५–५जना फाइनल चरणमा पुग्ने छन् । फाइनल शनिबार हुनेछ ।

Comment