ढाका सागका स्पर्धालाई निरन्तरता दिन नेपालको प्रयास

????
१२ औँ साफ खेलकूदको तयारीका लागि भारतको चेन्नाईमा हुन गइरहेको आगामी दक्षिण एशियाली ओलाम्पीक कमिटिको बैठकमा नेपालको तर्फबाट राखिने प्रश्ताबका बारे नेपाल ओलम्पिक कमिटीले संघहरुसंग छलफल गरेको छ । ओलाम्पीक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा एनओसी भवन सातदोबाटोमा बुधबार  सम्पन्न परामर्श बैठकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार बिष्टकोपनि उपस्थिती थियो । साथै बिभिन्न खेल संघका अध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
परामर्श बैठकमा सहभागी राष्ट्रिय संघका पदाधिकारीहरुले खेलाडीहरुको प्रशिक्षण लगायतका तयारीका बारेमा जानकारी गराएका थिए । उनिहरुले नेपालका लागि पदकको सम्भावना भएका कराँते लगायतका खेलहरु साफ खेलकुदमा सहभागी गराउनको लागि पहल गर्न सुझाव दिएका थिए । उनीहरुले खेलाडीहरुलाई स्वदेशका साथै बिदेशमा समेत प्रशिक्षणका लागि पठाउन वातावरण बनाई दिन आग्रह गरेका थिए । यस्तै उनिहरुले साग गेमका लागि छनौट भएका सबै खेलहरुमा महिलाको सहभागिता न्युन भएकोले त्यसलाई सन्तुलीत बनाउनु पर्ने सुझाव दिएका थिए ।
बैठकमा नेपाल ओलाम्पीक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अहिलेसम्म साफका लागि २२ वटा खेलहरु समाबेश हुने जानकारी दिए । श्रेष्ठले खेलकुदमा अपेक्षाकृत उपलब्धी हाँसिल गर्न सक्ने वातावरण बन्दै गएको भन्दै खेलाडी र प्रशिक्षकहरुलाई उत्साहित बनाउने गरी भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए । उनले सरकारसंगको समन्वयमा उत्कृष्ट खेलाडीहरुलाई एनओसीका तर्फबाट बैदेशिक प्रक्षिणमा पठाउने र नेपालमै बैदेशिक प्रशिक्षक ल्याएर प्रशिक्षण दिन बिषेश पहल गर्ने समेत जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्टले साग गेमको तयारी र सातौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थीत गर्न भइरहेका प्रयासहरुका बारेमा जानकारी गराए । उहाँले सातौँ राष्ट्रिय खेलकुदलाई प्रभावकारी बनाउदै खेलाडीहरुका लागि आवश्यक प्रशिक्षण लगायतका अन्य प्रक्रियाहरु सुरु भइसकेकोले संघहरुले बिषेश भुमिका निर्वाह गर्नुपर्ने बताए । केही खेलाडीहरुलाई दक्षिण कोरियामा तालिमका लागि पठाउन एनओसीसंग छलफल चलिरहेको उनको भनाई थियो ।
सो परामर्श बैठकले १२ औँ साग गेमको तयारीका लागि आगामी अक्टोबर ११ तारिकमा भारतको चेन्नाईमा हुने बैठकमा नेपालको तर्फबाट राखिने  प्रस्तावका बारे पनि निर्णय गरेको छ ।
यसअघि बङगलादेशमा भएको ११ औँ सागमा सहभागी गराइएका सबै खेलहरुलाई निरन्तरता दिदै कराँते लगायतका विकास र विस्तारका दृष्टिकोणले सम्भावना बोकेका खेलहरुलाई सहभागी गराउन पहल गर्ने  र  साफ खेलकुदका लागि छनौट भएका सबै खेलहरुमा लैङगीक समानता (महिला सहभागिता) सुनिश्चित गराउन नेपालको तर्फबाट बिषेश पहल गर्ने निर्णय पनि भएको छ ।
१२ औँ साफ खेलकुदमा आर्चरीका महिला र  पूरुष, स्पर्धा, एथेलेटिक्सका  महिला र पूरुष
तथा ब्याडमिन्टनका  महिला र पूरुष स्पर्धा राखिने निर्णय भइसकेको छ । यसैगरी, बास्केटबलका महिला र पुरुष स्पर्धाका तथा  बक्सीङ,साइकिलिङ र  फुटबलका पुरुष  स्पर्धा समाबेश गरिने भएको छ । ह्याण्डबल, हक्की, जुडो, .कबड्डी, .खो—खो, सुटिङ,स्क्वास,स्वीमिङ, र टेबल टेनिसका   महिला र  पूरुष स्पर्धा समाबेश गरिने छन् ।
तेक्वान्दो, भलिवल,  पुरुष, उसु र वेटलिफ्टीङका पुरुष स्पर्धा मात्र समाबेश छन् ।  कुस्ती र ट्रायथलनको महिला र  पूरुष स्पर्धा समाबेश छन् । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले ११ औमा समाबेश खेल र धेरै खेलका महिला स्पर्धाका बारे पनि नेपालले कुरा उठाउने बताएका छन् ।

Comment