सार्वजनिक संस्थानमा आचार्यको निरन्तरता

sarbajanik samsthan1
सार्वजनिक संस्थान खेलकुद संघ, नेपालको अध्यक्षमा पुनः कुलबहादुर आचार्य निर्विरोध निर्वाचित भएका छन् । जावलाखेलमा मंगलबार सम्पन्न संघको तेश्रो साधारणसभाले आचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
वरिष्ठ उपाध्यक्षमा मित्रकुमार राई, उपाध्यक्षमा ईश्वरबहादुर श्रेष्ठ र टैलेन्द्र आचार्य, महासचिवमा रामविनय श्रेष्ठ, उपमहासचिवमा प्रशान्तबहादुर श्रेष्ठ र रामप्रसाद कुँवर, कोषाध्यक्षमा राजेश महत तथा सह–कोषाध्यक्षमा रत्ना लामा रहेका छन् ।
प्रदीपमान वसी, बाबुराजा महर्जन, लक्ष्मी पाण्डे, रामप्रसाद जोशी, राजु रानाभाट, रमेशबहादुर कुँवर, केशवप्रसाद पराजुली, प्रमोद जोशी, नरबहादुर श्रेष्ठ, तेजनाथ ढकाल, अमित ढुंगाना तथा मीना मोक्तान सदस्यमा चयन भएको नवनिर्वाचित महासचिव श्रेष्ठले जानकारी गराए ।
साधारणसभामा केन्द्रबाट १९, विभिन्न १८ संस्थाबाट २ का दरले ३६ तथा विभिन्न ४ राष्ट्रिय कर्मचारी संघ÷संगठनबाट ४ गरी जम्मा ५९ प्रतिनिधि उपस्थित थिए । साधारणको सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले उद्घाटन गरेका थिए ।

Comment