लोकतान्त्रिक खेलकुदको थप ९ जिल्ला अनुृमोदन

नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो जिल्ला विस्तार गर्ने क्रममा थप ९ जिल्लालाई अनुमोदन गरेको छ । अनुमोदित जिल्ला मध्ये ओम बस्नेतको अध्यक्षतामा कास्कीमा जिल्ला कार्य समिति गठन गरिएको छ । त्यस्तै सचिवमा प्रकाश बराललाई चयन गरेको छ ।
यस्तै अनुमोदित अन्य जिल्लाहरुमा कालिकोट जिल्लाको अध्यक्षमा जीवन बहादुर शाही र सचिवमा रंजन शाही, झापाको अध्यक्षमा गौरव (मनोज) सुब्बा र सचिवमा युवराज खड्का, मोरङ्गको अध्यक्षमा खड्गबहादुर श्रेष्ठ र सचिवमा डिल्लिराम डाँगी छन् ।  मुगुको अध्यक्षमा कविन्द्र मल्ल र सचिवमा लोकेन्द्र कार्की, जुम्लाको अध्यक्षमा नृपराज भारती र सचिवमा तोरण सिंह कठायत, इलामको अध्यक्षमा महेश कुमार श्रेष्ठ र सविचमा राजकुमार मुखिया चयन भए । यसैगरी,  सप्तरीको अध्यक्षमा राजकुमार दाश र सचिवमा प्रकृत कोईराला तथा धनकुटाको अध्यक्षमा शम्भु प्रधान र सचिवमा बिदुर खवासलाई कार्यभार प्रदानगरिएको नेपाल लोकतान्त्रिक खेलकुद संघका सचिव सुवोध प्रधानले जनाएका छन ।
यस ९ जिल्लाको अनुमोदनका साथै नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला संघ गठनको संख्या २६ पुगेको छ । यस अघि १७ जिल्ला संघ गठनभई सकेको छ ।

Comment