उद्घाटन कपनमा

सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि हुने काठमाडौं जिल्ला छनोट प्रतियोगिताको उद्घाटन कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा हुने भएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समिति र सातौंमा समावेश विभिन्न खेलका जिल्ला संघका प्रतिनिधिसंगको छलफलमा उद्घाटनस्थलको टुंगो लगाइएको समितिका उपाध्यक्ष दामोदर भट्टराई (बद्री) ले जनाएका छन् । छलफलमा जिल्ला छनोटमा समावेश विभिन्न २१ खेल मध्ये १६ खेल संघका प्रतिनिधि उपस्थित थिए । छनोट असोज २४ गतेदेखि हुने भएको छ ।

 

Comment