प्रधानमन्त्रीको बधाइ

congress badhai1
नेपाली काँग्रेशको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको सिफारिसमा नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका कोषाध्यक्ष लगायत ५ सदस्यलाई प्रधानमन्त्री सुशिल कोईरालाले प्रधान मन्त्री निवास वालुवाटारमा स्वागत गर्नुका साथै बधाइ दिएका छन् ।
उक्त अवसरमा प्रधान मन्त्री कोईरालाले राखेपको सदस्यका नियुक्त भएकोमा कोषाध्यक्ष सहित सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेशको नीति अनुसार खेलकुदको विकास र विस्तारमा आफुलाई कटिबद्ध हुन आग्रह समेत गरे ।
नेपाली काँग्रेशको तर्फबाट राखेपमा कोषाध्यक्षमा सुरेन्द्रबहादुर हमाल, सदस्यहरु उपेन्द्र यादव, शैलेस कर्माचार्य, शान्ति सिंह र यानकुमारी “अश्मिता” गुरुङ्ग नियुक्त भएका थिए । कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेपाली काँग्रेशका मुख्य सचिव ऋषीकेश तिवारी लगायत नेपाल लोकतान्त्रिक खेलकुद संघका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

Comment