राजु, तीर्थ र मेलिना पहिलो

बाँसवारी उमाविका राजु मगर, गणेश उमाविका तीर्थ मगर र रिपुमर्दिनी सैनिक माविकी मेलिना केसी सडक दौड प्रतियोगितामाबिहीबार पहिलो भएका छन् ।छात्रको ५ किलोमिटर दूरी राजुले २५ मिनेट २२ सेकेन्डमा पूरा गरे । नेसनलआइडियलबोर्डिङ हाइ स्कुलकाफिन्चोक दोर्जे लामा दोश्रोतथाहिमालयबोर्डिङ हाइ स्कुलकानोर्बु लामा तेश्रो भए ।
छात्रजुनियरको ३.५ किलोमिटर दूरी तीर्थले १२ मिनेट ५१ सेकेन्डमा तय गरे । रिपुमर्दिनीकाकुशलथापा दोश्रो र किरण अधिकारी तेश्रो भए । त्यसै स्पर्धाको छात्रामापहिलो भएकी मेलिनाले निर्धारित दूरी पूरा गर्न १५ मिनेट २७ सेकेन्ड समय खर्चिन् । रिपुमर्दिनीकी चन्दाठाकुर दोश्रो र सुजा मगर तेश्रो बने ।
रिपुमर्दिनीद्वारा आयोजित प्रतियोगिताका विजेतालाई कल्याणकारी योजना निर्देशनालयका सह–निर्देशक महासेनानी हेमन्त शर्माले पुरस्कृत गरे ।

Comment